कर्नाली नदीमा हामफाली १ महिला बेपत्ता

Posted on: 03 Feb, 2017

दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली नदिमा हाम फालेर बेपत्ता भएकी छन । बुधवार दिउसो दाउरा लिन घरबाट निक्लीएकी बिश्वकर्मा कर्नाली नदिमा हामफोलेर बेपत्ता भएकी हुन् ।

बेपत्ता विश्वकर्माका दाजु जवानसिंह सुनारले दिएको जानकारी अनुसार बुधबार नै बहिनीले नदिमा हामफालेर बेपत्ता भएकी र जिल्ला प्रहरी कार्यालय कालिकोट द्धारा प्रहरी खटि आफन्त सहित उनको खोजीकार्य जारी रहेको बताइएको छ ।

एक छोरा र एक छोरी रहेकी विश्वकर्माका पती तत्त विश्वकर्मा रोजगरीको शिलशिलामा भारतको मुम्बईमा रहेको र नदिमा हामफाल्नुको कुनै नखुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!