छोराछोरीको नाक–कान छेड्ने आमाहरुको सुन पसलमा भिड

Posted on: 01 Feb, 2017

नन्द बहादुर रोकाया/माघ १९, मुगु । आपना छोराछोरीको नाक–कान छेड्ने आमाहरुको बिहानैदेखि सुन पसलमा भिड लागेको छ ।  

आज माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका दिन कर्णालीका महिला हरु नाक कान छेड्दा आयु बढ्ने र मृत्यु पश्चात स्वर्गमा पुगिने बिश्वासका साथ  कर्णाीलीका  महिलाहरु प्रत्यक बर्ष‘श्रीपञ्चमी’ दिन आपना छोराछोरीको नाक–कान छेड्ने गर्दछन । 

बिगतका बर्षहरुमा घरमै काडाँ सियोले  नाक–कान छेड्ने र नाक–कानमा धागो झुन्डाईने गरेको भएपनी हिजो आज सुन पसलमा आएर नाक–कान छेडि सुन लगाईहाल्ने प्रचलनले गर्दापनि सुन पसलमा आएको कार्काीवाडा गाबिसकि सुर्जपुरा रावलले बताउनुभयो । 

सदरमुकाम गमगढीमा रहेका सुन चाँदी पसलमा आज दिनभर आपना छोराछोरीको नाक–कान छेड्ने महिलाहरुको भिड लागेको थियो । गमगढीमा सुन चाँदी पसल गदै आउनु भएका राजु सुनुवारका अनुसार आज आपनो पसलमा ५० जना बालबालीका को नाक र ८० जना बालबालीको कान छेडेको बताउनुभयो । 

उहाँका अनुसार कान नाक छेड्को निशुल्क गरीएको र ३४ जोर मुन्दा बिक्रीबाट एक लाख २० हजार सम्म पैसा उठेको सुन पसले राजु सुनुवारले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!