इनार डुवेर कपिलवस्तुमा पाँच बर्षीय वालकको मृत्यु

Posted on: 31 Jan, 2017

माधव वेल्वासे/माघ १८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १२ कटुवामा इनारमा डुबेर एक बालकको ज्यान गएको छ । 

कटुवाका बजरंगी चौधरीका ५ वर्षीय छोरा अर्देश चौधरीको इनारमा डुवेर मृत्यु भएको हो । सोमबार साँझ करिब ६ बजे खेल्ने क्रममा इनारमा खसेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

त्यस्तै कात्तिक १३ गते पनि कपिलवस्तुको मानपुरमा २ वर्षिय वालक घर नजिकै रहेको पानिको ईनारमा डुवेर ज्यान गएको थियो । अभिभावकहरुले सर्तकता नअपनाउदा वालकहरुको ज्यान जानुपरेको देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!