कपिलबस्तुकी ९० वर्षिय वृद्धालाई नागरिकता प्रदान

Posted on: 26 Jan, 2017


माधव वेल्वासे/माघ १३, कपिलवस्तु । नेपालि नागरिकले १६ वर्ष पुरा भएपछि नेपालि नागरिकताको प्रमाण पत्र पाउने प्रवधान रहेको छ ।

तर कपिलवस्तुमा भने ९० वर्षिय एक वृद्धा बल्लतल्ल नगारिकता पाएकि छिन । ईलाका प्रसासन कार्यलय चन्द्रौटा कपिलवस्तुले विहिवार ९० वर्षिय वृद्धालाई नागरिकता वितरण गरेको छ । कपिलवस्तुको गुगौली गाविस वडा न ५ वस्ने पाति भरलाई कार्यलयले नागरिकताको प्रमाण पत्र दिएको हो ।  

९० वषीर्य भरलाई विहिवार नागरिकता वितरण गरेको ईलाका प्रसासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालयले जानकारी दिनुभएको छ । गुगौली गाविसमा जन्मनुभएकी पाति भरले नागरिकता पाएपछि खुसि ब्यक्त गनुभएको छ । 

पछिल्लो समय ईलाका प्रशासन कार्यलय चन्द्रौटाले नागरिकताको पहुचवाट टाढा रहेको वृद्धवृद्धालाई नागरिकता वितरण गरेको ईलाका प्रसासन कार्यलय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्यय भनाई छ । 

यसैविच ईलाका प्रसासन कार्यलय चन्द्रौटा कपिलवस्तुले यस आर्थिक वर्षको साउन देखि माघ सम्म वसंज तर्फ २६६५, अगीकृत तर्फ ३८३, प्रतिलिपी तर्फ १५९५ नागरिकता वितरण गरेको साखा अधिकृत अर्यालले वताउनुभयो । प्रसासनले गएको आर्थिक वर्षमा वसंज तर्फ ३८१८, अगिकृत तर्फ ६८३, प्रतिलिपि तर्फ २७१८ नागरिकता वितरण गरेको हो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!