प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तुको विस्तारित बैठक सम्पन्न

Posted on: 24 Jan, 2017

शीतल आचार्य | माघ ११, कपिलवस्तु | प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तुको विस्तारित बैठक कपिलवस्तुको ४ न. मा सम्पन्न भएको छ । 

बैठकको अवसरमा कपिलवस्तुमा क्रियाशिल ३ जना संचारकर्मी प्रगतिशिल पत्रकारमा प्रवेश गरेका छन । यसरि प्रवेश गर्नेहरुमा रेडियो वुद्ध आवाजमा कार्यरत नारायण पाण्डे, कपिलवस्तु दर्पणमा कार्यरत द्धय नारायण वेल्वासे र सन्तोष उपाध्याय रहनु भएको छ । उहांहरुलाई कार्यक्रमका प्रम्ख अतिथि एवम नेकपा मसाल जिल्लाका प्रबक्ता छविलाल गैह्रेले दोसल्ला ओढाएर संम्मान गर्दै राष्ट्रिय अखण्डता र संघियताको विरुद्ध कलम चलाउन्पर्नेमा जोड दिनुभएको थियो । 

बैठकले प्रगतिशिल पत्रकार संघको कार्यसमितिमा पनि केहि जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्षमा मोहन बेल्वासे र सह सचिवमा सारदा के.सी. लाई चयन गरेको छ । यस अघि उपाध्यक्ष रहनुभएकि सृजना सुवेदि सल्लाहकारमा चयन गरेको छ । बैठकले जिल्लामा आसन्न पत्रकार महासंघको चुनावको रणनिति तय गर्दै संघका अध्यक्ष माधवभाट क्षेत्रीको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरेको छ । जसमा शशि सापकोटा मोहन बेल्वासे, केयरसिंह अदै, हिमलाल वाग्ले रहनुभएको छ । 

विस्तारित वैठकमा बोल्दै प्रमुख अतिथि गैह्रे र आमन्त्रित अतिथि किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल, हिमलाल वाग्ले लगाएतले विगतको चुनावि कार्यलाई समिक्षा गरि अव सहमतिमा जोड  दिदै अखण्ड र संधियताका विरुद्ध कलम चलाउने पत्रकारहरुसंग सहकार्य गर्दै एकल वा समिकरण गरेर चुनावमा जानुपर्ने बताउनुभएको थियो । साथै संघको नेत्रित्व गर्दै प्रगतिशिल पत्रकार संघका सल्लाहकार एवम  पत्रकार महांसघ कपिलवस्तु शाखा का संस्थापक सदस्य शशि सापकोटालाई महांसघको अध्यक्षको उमेदवार दिने तयारी गरेको छ । कार्यक्रम प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष माधव भाट क्षेत्रीको अध्यक्षता र सचिव शितल आचार्यको संचालनमा संपन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!