पर्यटन विकासका लागि कलमी आन्दोलन थाल्ने अगुवा पत्रकारको भनाई

Posted on: 23 Jan, 2017


दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम चलाउन आजको आवश्यकता रहेको कालिकोटका अगुवा पत्रकारहरुले बताउनु भएको छ । 

कर्नाली प्राकृतिक सम्पदा, सास्कृतिक सम्पदा, धार्मिक सम्पदाको भण्डारण भएकाले अब यसको प्रबर्धन गरी कर्नालीलाई समृद्ध बनाउन पैरवीभूमिकाको रुपमा कलम चलाउन आजको आवश्यकता रहेको अगुवा पत्रकारहरुले बताउनु भएको हो ।

बेष्ट कर्नाली मिडिया प्रालि कालिकोटको आयोजना नेपाल पत्रकार महासंघ कालिकोट समन्वय तथा नेपाल पर्यटनबोर्ड भृकुटीमण्डप काठ्माण्डौंको सहयोगमा आयोजित पर्यटन पत्रकारीता कार्यशालामा बोल्दै प्रेस सेन्टर प्रदेश नं. ६ का सहसचिव अशोक कुमार सिंहले अबको पत्रकारीता पर्यटन ब्यापार भएकाले कलमी अभियान आजको आवश्यकता रहेको बताउनु भएको छ । यस्तै प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराईले अब बाह्य पर्यटनहरुको प्रमुख गन्तब्य कर्नाली रहेको बताउदै कर्नालीको विकास तथा यसको प्रबर्धनका लागि कर्नालीका पत्रकारहरुले कलमी आन्दोलन आजको आवश्यकता रहेको बताउनु भएको छ । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि विश्व चिनाउने कर्नाली गुमनाम रहेको बताउदै भट्टराईले अब कर्नालीको पहिचान र यहाको सम्भावनाकाबारे पत्रकारहरु प्रतिवद्ध हुनु पर्ने बताउनु भएको छ ।

यसै गरी नेपाल पत्रकार महासंघ कालिकोटका सल्लाहकार एवं कान्तिपुर दैनिकका उपसम्पादक तुलाराम पाण्डेले समाजरुपान्तरणको एक प्रमुख कारक संचार मिडिया रहेकाले स्थानीय मिडियाले समाज रुपान्त्रण र राष्टिय मिडियाले राज्यको नीति निर्माणमा पैरवी गर्ने भएकाले अब कर्नालीमा पर्यटन ब्यवसायको सम्भावनाबारे कलम चलाई राज्यलाई घचघच्याउनु पर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यशाला कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कर्नालीमा बाह्य पर्यटन भित्राउने प्रमुख आधार भनेको प्राकृतिक, धार्मिक, सास्कृतिक, कृषि र विगतको द्वन्द्वक्षेत्र रहेकाले यसका बारेमा समुदाय देखि राज्यस्तर सम्म सूसुचित गराउन कलमी अभियान पत्रकारको रहेकाले सबै पत्रकार एक भएर लाग्ने प्रतिवद्धता समेत गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!