मुगुमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्री एक जुट हुँदै

Posted on: 22 Jan, 2017

नन्द बहादुर रोकाया/माघ ९, मुगु । मुगुमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन । 

विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुन थालेका हुन । कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन् । 

लामो समय धामीका रुपमा काम गरेका पिना गा बि सका तिर्थ बहादुुर भाम अचेल बाल विवाह नगर्न, छुई भएको बेला सरसफाई गरी घरभित्त बस्न सुझाब दिने । गर्छन यसअघि उनी आफैं बालविवाह गर्न प्रेरित गर्ने, छुई भएका गोठमाबसाल्ने गरेको धामी भामको भनाई छ ।‘उमेर नपुगी विवाह गर्दा हुने असर र कानुनी प्रक्रियाबारे हिमाली गा्रमिण युवा समाज बिकास केन्द्र हिरिष्डेकले जानकारी दिईपछी अरुलाई सचेत बनाउने काम गरेको धामी भामले बताउनुभयो । 

गाबिसमा छाउपडी निगरानी समिती समेत गठन गरेको र त्यसको आफु अध्यक्ष रहेको धामी भामको भनाई छ । अर्का धामी बिर सिङ नेपाली आज भोली कोहि कसैलाई बिराम लागेमा धामीझाँक्र होईन विरामीलाई छिटो अस्पताल लैजाउ सल्लहा दिनेगरेको र बालविवाह रोक्ने काम पनि गरिरहेको उहाँले बताउनुभयो । 

अहिले पिना गाबिसका धार्मिक अगुवाहरु समेत संगठीत रुपमा सामाजिक कुरीति रोक्न सक्रिय भएका छन । सामाजिक कुरुती अन्त्यका लागी हिमाली गा्रमिण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगुले जिल्लाका ६ गा बि स कार्काीवाडा, पिना, रोावा,रुगा, रारा र सेरीमा बिभिन्न किसिमाका काम गदै आएको  हिरिष्डेक मुगु का अध्यक्ष मिन रावलले बताउनुभयो । 

बुढाबुढीमा पुरातनवादी सोचका कारण काम गर्न असजिलो भएको  भएपनी युवा पुस्ताले गर्दा काम गर्न सहज भएको र आफु हरुले काम गदै गदा बिगताका बर्षहरुको तुलानामा आज भोली समाजमा पनी सकरात्मक सोचाईको बिकास भएको र बिस्तारै कुरुती पनी हट्दै गहेको अध्यक्ष रावलको भनाई छ । छाउपडी प्रथा लगायत का कुरुती अन्त्यको लागी गा बि समा निगरानी समिती समेत गठन गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!