कालिकोट स्वास्थ्य कार्यालयको अवस्था सुधारउन्मुख

Posted on: 22 Jan, 2017

माघ ९, कालिकोट । जिल्लाको स्वास्थ्य अवस्था सधारउन्मुख रहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दयाराम सिमखाडाले बताउनु भएको छ । 

स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरु विगतका बर्ष भन्दा धेरै सुधार भएको बताउदै यसको स्तर उन्नति हुनुमा जिल्लाका सम्पूर्ण स्वास्थ्य कर्मी, स्वास्थ्य संस्था ब्यवस्थापन समिति र जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुको क्रियाशिलता रहेको बताउनु भएको छ । 

स्वास्थ्य अवस्था सुधार भएकै कारण स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभाग तथा क्षेतिय स्वास्थ्य निर्देशनालयले समेत जिल्ला स्वास्थ्यलाई सम्मान समेत गरेको बताउनु भएको छ ।

जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा केही कतै सामान्य समस्या देखा परेपनि त्यो समस्या धेरै लम्बिन नदिई तत्काल आपूर्ति तथा ब्यवस्थापन हुने गरेकाले पनि यस्तो प्रभाव परेको बताउनु भएको हो ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!