पानीमा जिवनजल घोलेर पेट्रोल भन्दै बेच्ने दुई भारतिय प्रक्राउ

Posted on: 21 Jan, 2017


माधव वेल्वासे/ माघ ८, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा कालोवजारि गर्नेहरु मौलाएका छन । 

जिल्लाको शिवराज नगरपालिका ८ धर्मनगरमा प्रेटोलियम पदार्थमा कालोवजारि गर्दै गर्दाको अवस्थामा सनिवार दुइ भारतिय नागरिकलाई वडा प्रहरि कार्यलय चन्द्रौटाले प्रक्राउ गरेको छ । 

प्रक्राउ पर्नेमा भारतको गैसरि वस्ने विनोद कुमार मिश्रा र भारतकै हरिहरपुरमा वस्ने गोविन्द पथ्थरकट  रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले जानकारि दिएका छन् ।

उनिहरुले पानिमा जिवनजल घोलि प्रेटोल हो भन्दै वच्ने गरेको पाइएको छ । प्रतिलिटर ८० का दरले वच्ने गरेको स्थानियको भनाई रहेको छ । विशेष सुराकिको आधारमा प्रक्राउ गर्न जादा प्रहरिलाई समेत हातपात गर्न खोजेको प्रहरिको भनाई रहेको छ ।

स्थानियको सहयोगमा प्रक्राउ गर्ने सफल भएको र उनिहरुलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरि निरिक्षक भट्टराई वताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!