रक्तदानपछि मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगीयो

Posted on: 21 Jan, 2017

नन्द बहादुर रोकाया/माघ ८, मुगु । जिमा गाउँ बिकास समिती वडा नम्बर ७ की सृजना मल्ल शाहीको पाचँ दिन अघि ६ महिनाको गर्भ झरेको र रक्तश्राव ३ दिनसम्म नरोकिएपछि शुक्रबार जिल्ला अस्पतालमा ल्याईएको थियो । 

शिशु जन्मिएबाट अत्याधिक रक्तश्रावका कारण मृत्युको मुखमा पुगेकी सिजनाको नेपाली सेनाका एक जवानले रक्तदान गरेर ज्यान जोगाएका छन् । शुक्रबार जिल्ला अस्पताल ठिनीमा भगवती दल गण बेश क्याम्पमा कार्यरत जवान कृष्ण कुमार श्रेष्ठले रक्तदान गरेर मृत्युको मुखमा पुगेकी सृजना को ज्यान जोगाई दिइए । 

विरामीको शरिरमा रगतको मात्रा कम भएको जनाउदै आवश्यक रगतको व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र रेडक्रस मुगुलाई लाई जिल्ला अस्पतालले जानकारी समेत दिएको थियो । 

भगवती दल गण सदरमुकाम सुरक्षा वेश क्याम्प गमगढीमा कार्यरत नेपाली सेनाका जवान कृष्णकुमार श्रेष्ठले एक पोईन्ट रगत दान गरेपछि विरामीको स्वास्थ्य अवस्थामा सुधार आएको जिल्ला अस्पताल मुगुले जनाएको छ । अत्याधिक रक्तश्रावका कारण बिरामीको शरिरमा रगतको मात्रा ६ दशमलव शुन्य ५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख निरक शर्माले जानकारी दिनुभएको छ ।

आज विहानसम्म विरामीको स्वास्थ्यमा सुधार नआएपछी थप उपचारको लागि नेपालगञ्ज वा सुर्खेत लैजाने तयारी गरिरहेको सिर्जनाका दाजु सुर्यबहादुर बमले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!