हिरीसडेकले दियो बिद्यालयमा फिलल्टर र वाल्टिन

Posted on: 21 Jan, 2017


दान बहादुर बुढा/माघ ८, मुगु । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगु द्धारा संचालित खानेपानी तथा सरसफाई स्वच्छता परियोजना अन्तरगत पिना, कार्कीवाडा रुगा र श्रीनगर गा.वि.स.का १६ वटा विद्यालयहरुमा विद्यालय सरसफाई कार्यक्रम द्धारा ट्वाइलेट निर्माण, मर्मत र्याम र्यालिंग निर्माण गर्ने तथा खानेपानी ,सामुहिक हात धुने स्थान,इन्सिनेटर कार्यक्रमहरु संचालन गरिएको छ । 

१६ बिद्यालय मध्येको ५ विद्यालयहरुमा युनिसेफ नेपालको आर्थिक सहयोग र क्याड जुम्ला र हिरिसडेक मुगुको सहजीकरणमा संचालित खानेपानी सरसफाई स्वच्छता परियोजना अन्तरगत कार्कीवाडा मुगुमा विद्यालय सरसफाई कार्यक्रममा दिगोपनाका लागी विद्यलायमा फिल्टर वितरण को प्रयोग र व्यवस्थापनका लागी हिरिसडेक मुगु द्धारा अभिमुखीकरण कार्यक्रम विद्यालयहरुमा संचालन गरिदै आएको छ । 

प्रकाश मा.वि.  लुम  १२ थान, फिल्टर ६ थान, १० लिटर वाल्टि,  नि.मा.वि  कार्कीवाडा ९ थान फिल्टर, ५ थान वाल्टिन, छाया क्षेत्र प्रा.वि. तलितु ६ थान फिल्टर,  २ थान वाल्टिन, मिन नि.मा.वि भारेकोट, १० थान फिल्टर,  ५ थान वाल्टिन, महादेव प्रा.वि. ताल्चा, ७ थान फिल्टर ३ थान वाल्टिन बिद्यालयमा बितरण गरीएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगुका अध्क्षय मिन बहादुर रावलले बताएका छन ।


अहिले सम्म धेरौ संघ सस्थाहरुले बिद्यालयमा काम गरेपनि (हिरिसडेक)बिद्यालयमा अध्यानरत बिद्यार्थिहरुको सस्थ्थको लागी दिएको फिल्टर र बाल्टिन, खाने पानि, चर्पिको ब्याबस्था गरीदिस्कोमा खुसी सहित  धन्यावाल सस्थालाई मिन नि.मा.वि भारेकोटका बिद्यालय ब्याबस्थापन समितिका अध्क्षय चित्र बहादुर मल्लले दिनु भएको छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!