जहाज कुरेर बसेका एक बिरामीको मृत्यु

Posted on: 19 Jan, 2017


नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुको एक मात्र बिमान स्थल रारा ताल्चा बिमानस्थलमै जहाज कुरेर बसेका एक बिरामीको मुत्यु भएको छ । 

मुगु जिल्लाको पुर्वि करान भेगको पुलु गाविस–३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामा को मुत्यु भएको छ । लामा लाई उपचारका लागी बिहान जिल्ला अस्पताल पु¥याईए पनि जिल्लामा उपचार हुन नसक्ने भन्दै अस्पतालले रिफर गरेको थियो । थप उपचारका लागि नेपालगञ्ज लैजान विमानस्थलमा लगिए पनि जहाज नआउँदा उनको विमानस्थलमै मृत्यु भएको हो । 

अस्पताल स्रोतका अनुसार लामाको आन्द्रामा प्वाल परेको र जिल्लामा उपचार संभव नभएपनि रिफर गरिएको जिल्ला स्वास्थय कार्यलय मुगुले जनाएको छ । 

यसै बिच नेपालगञ्जबाट रारा विमानस्थलका लागि आज उडान तालिका राखिएको भए पनि नेपालगञ्जमा बिहानै देखि बाक्लो हुस्सु लागेका कारण जहाज उडान हुन नसकेको नेपाल नागरिक उड्ययन कार्यालय रारा विमानस्थल ताल्च मुगुले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!