हिमपातसंगै कर्णालीको जनजिवन प्रभावित

Posted on: 15 Jan, 2017

नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । 

हिजो रातीदेखी पानी पर्नुका साथै हिमपात पनि भएपछि यि क्षेत्रहरुमा जनजिवन प्रभावित भएको छ । सुदुरपश्चिमका कर्णाली क्षेत्रसगँ जोडिएका बाजुरा लगायतका अन्य जिल्लाहरुमा पनी हिमपात भएको छ । जुम्ला सदरमुकाममा रहेको ककेश शाहीका अनुसार हिजो रात्तिबाट शुरु भएको हिमपात आज बिहान सम्ममा झण्डै ३ फिट बराबरको हिउ परेको छ । “हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाजहरु सबैका प्रभावित भएका शाहीले जानकारीदिनुभयो । 


यता हुम्लामा पनी हिमपात हुने क्रम जारी रहेको छ । हुम्ला सदरमुकाम सिमिकोटमा रहेका युवराज शाही ठकुरीका अनुसार आज बिहानैबाट हुम्ला सदरमुकाममा शुरु भएको हिमपात अहिलसम्म पनी जारी रहेको छ । हुम्ला सदरमुकाम बाहेकका अन्य क्षेत्रहरुमा  हिजै रात्तिबाट हिमपात शुरु भएको भएपनी सदरमुकाम सिमिकोटमा भने बिहानबाट मात्रै हिमपात शुरु भएको शाहीले जानकारी दिए । यता, मुगु सदरमुकाममा पनी बिहानबाट शुरु  भएको हिमपात अझै जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा हिजो रात्तिबाट नै हिमपात शुरु भएको भएपनी सदरमुकाममा भने बिहानबाट मात्रै हिमपात शुरु भएको छ । हिमपात भएपछि जुम्लाको सिजाँ क्षेत्रको जनजिवन पनी प्रभावित  भएको छ । 

हिमपात सगैँ चिसो पनी बढेपछि सबै भन्दा बढी बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन भने सडकहरुमा र बजारपसलहरुमा मानिसको चहलपह समेत शुन्य जस्तै देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!