मुगुमा कुपोषणको दर प्रति बर्ष घट्दै

Posted on: 12 Jan, 2017

नन्द बहादुर रोकाया/पुस २८, मुगु । मुगुमा बिगतका बर्षहरुमा कुपोषण भएका बालबालिकाहरुको अवस्था डरलाग्दो भएको भएपनी बिगतको भन्दा धेरै सफलता हात पारिएको जिल्ला स्वास्थय कार्यालय मुगुले जनाएको छ । 

चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्मको तथ्याकंअनुसार पचास प्रतिशतले कुपोषण भएका बालबालिकाहरुको सङख्यामा कमी आएको छ ।जिल्लाभरका २४ वटै गाउँ बिकास समितीहरुमा रहेका बालबालिकाहरुको पोषण लेखाजोखा हेर्दा कुुपोषणको दर कम हुदै गएको सहजै अनुमान गर्न सकिने निमित्त जिल्ला स्वास्थय प्रमख निरक शर्माको भनाई छ ।

सबै क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सहयोगमा ३ हजार ३ सय ३९ जना बालबालिकाहरुमा गरेको पोषण लेखा जोखाका अनुसार जिल्लाभर ११ दशमलव २७ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ उनले भने ।गएको बर्षमा मुगुमा कुपोषण भएका बालबालिकाको संख्या २१ प्रतिशत रहेको थियो । 

पछिल्लो तथ्याङकका आधारमा यो दर घटेर ११ प्रतिशतमा झरेको हो । ३ हजार ३ सय ३९ बालबालिकाहरुको स्वास्थ्य जाँच तथा पोषणको अवस्था लेखा जोखा गर्दा ३ सय ७६ ९११।२७ प्रतिशत० बालबालिकामा कडा खालको कुपोषण पाईएको कार्यालयको तथ्याकं रहेको छ भने मध्यम खालको कुपोषण भएका बालबालिकाको संख्या ९ सय ९३ ९२९।०७ प्रतिशत० र सामान्य अवस्थामा १ हजार ९ सय ७० ९५८।९९ प्रतिशत० बालबालिकाहरु रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!