बिमानको टायर पञ्चड भएपछि ३ घण्टापछि उडान

Posted on: 11 Jan, 2017


नन्द बहादुर रोकाया/पुस २७, गमगढी । नेपालगञ्ज बिमान स्थलबाट रारा बिमानस्थलका लागी उडेको गोमा एयरको ट्विनेटर बिमान मुगुको रारा बिमानस्थलमा अवतरण गर्ने क्रममा टायर पञ्चड भएपछि ३ घण्टा पछि नेपालगञ्ज फर्केको छ । 

१५ जना यात्रु बोकेर नेपालगञ्ज बिमान स्थलबाट मुगुका लागी आएको  बिमान अवतरणका क्रममा दायाँ टायर पञ्चड भएको थियो । बिमान उडान गर्न नसकिने भएपछि आजै दिउँसो नेपालगञ्जबाट तारा एयरको बिमानमा आवश्यक सामाग्री र प्राविधिक ल्याई मर्मत गरेपछि सो बिमानले दिउसोँ २ बजे नेपालगञ्जको उडान भरेको छ । बिमान अवतरणका क्रममा टायर पञ्चड भएकाले सो बाट कुनै मानविय तथा भौतिक क्षति नभएको रारा बिमानस्थल ताल्चा, मुगुले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!