सामजिक सुरक्षा भत्ता प्रदानसंगै कर्णालीका जेष्ठ नागरिकलाई जिवनयापनमा सहज

Posted on: 11 Jan, 2017


नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाजिक सुरक्षाभक्ता वितरण गर्न सुरु भएसंगै मुगु जस्ता बिकट जिल्लाका स्थानियहरुलाई निकै सहज भएको छ । 

मुगुका बृद्धबृद्धाहरुले सुरक्षा भक्ताले आफुहरुको खर्च जुटाउन सहज भएको वताएका छन । तर धेरै समयको अन्तरालमा मात्र भक्ता दिने गरेको  जेष्ठ नागरिकको गुनासो छ ।  सुरक्षा भक्ताले आफुहरुको दैनिकी तथा घरखर्च सञ्चालनमा सहजता ल्याएको भएपनी निरन्तर रुपमा एउटै समयमा रकम नपाईने भएपछि जेष्ठ नागरिक मारमा परेका छन्  । 

साथै जिल्लाको भौगालिक समस्याका कारण केही जेष्ठ नागरिकहरु भक्ता बुझ्न जान नसक्ने भएपछि समस्या भएको जेष्ठ नागरिक बिर्ख बहादुर भण्डारी ले बताउनुभयो । पहिले २ हजार मात्र दिईने भक्ता अहिले ठ्याक्कै बढेको छ । 

पहिले दिईने रकमले आफुहरुको खर्च सञ्चालनमा पुर्ण रुपमा सहयोग पुर्याउन नसकेको भएपनी अहिले भने आफुहरुको खर्च सञ्चालन हुन सक्ने उहाँको भनाई छ । सामाजिक सुरक्षा भक्ताका कारण महिला, जेष्ठ नागरिक लगायतका लक्षित बर्गहरुमा सहजता ल्याएको भएपनी गाविस तथा स्थानिय निकायसगँ जानुपर्ने प्रक्रिया झन्झटिलो हुदाँ आफुहरुलाई समस्या हुने गरेको अर्का जेष्ट नागरिक जोरा शाहीले बताउनुभयो । 

सरकारले सामाजिक सुरक्षा भक्ताका माध्यमबाट लक्षित बर्गहरुको दैनिकी परिवर्तनका लागी सहयोग पुर्याउनु सबैका लागी सकरात्मक भएको भएपनी यसलाई सञ्चालनमा ल्याउनका लागी बनेका केही प्रक्रियाहरु झन्झटिला बनेका कुरा समय समयमा आउने गरेका छन । यस्ता समस्याको समधानका लागी सरोकारवाला निकाय सबैको ध्यान पुग्यो भने यी प्रक्रिया अझै लाभदायक बन्ने स्थानीयको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!