मुगु जिल्लामा हिमपातको प्रभाव, गमगढीको तामक्रम माइनस ८ डिग्री पुग्यो (फोटो फिचर)

Posted on: 08 Jan, 2017

दान बहादुर बुढा | पुस २४, मुगु | शनिवारबाट एक्कासी परेको मिपातले मुगुको उच्च हिमाली गाबिसहरुो जनजिवन प्रभाबित पारेको छ भने सदरमुकाम गागढीमा निकै चिसो बढेको छ ।

मुगु, डोल्फु, किम्री, पुलु, माग्री, खमाले, रोवा, रुगा, जिमा, श्रीकोट, सेरी, पिना गा.बि.सहरुमा हिमपात परेको छ भने हिमपातको कारण मानविय र चैपायमा जनजिवनमा जाडोको प्रभाव यो बर्ष गतका बर्षहरु भन्दा पहिलेनै भएको मुगु गा.बि.स बडा नम्बर ६ बस्ने ६७ बर्षका कार्मा तामाङ्ग बताउछन् ।

हिमपातको कारण नेपालगंज, सुर्खेतबाट मुगुको लागी ब्यापारी सामान ल्याएर आएका मालबाहक गाडीहरु मुगुको र जुम्लाको बिच भागमा पर्ने घुच्ची लोकमा रोकीएको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले जानकारी दिएका छन । गमगढी तपमापन केन्द्रका अनुसार गमगढीमा अत्याधिक जाडो भएको र तापक्रमा माईनस ८ रहेको समेत जनाएको छ । हिमपातको कारण नेपालगंजबाट मुगु राराको लागी नियमित हवाई उडान समेत आज रद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चिसो र हिमपातको कारण कुनै पनि ठाउमा मानबिय र चौपायमा क्षेती समेत नभएको जानकारी आएको बताएको छ ।






यस बिषयमा तपाइको प्रतिक्रिया...!