अज्ञात रागका कारण एकै परिवारका छ जना बिरामी, एकको मृत्यु

Posted on: 05 Jan, 2017

दान बहादुर बुढा/पुस २१, मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविसको वडा नम्बर  २ सिरुपाटा गाउँमा अज्ञात रोगका कारण एकै घरका ६ जना बिरामी भएका छन् भने एक किशोरीको मृत्यु भएको छ । 

रुघा, खोकि, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने तथा हात गोडा समेत दुख्ने जस्ता लक्षण देखा परेको र गएको बुधवार जिमा गाविस स्थित सिरुपाटा गाउँ निवासी १७ वर्षीया माँग्ली विष्टको मृत्यु भएको स्वास्थ्य चौकि जिमाका अहेव मञ्जनबहादुर शाहीले फोन बाट जानकारी दिए । 

अहिले गाउँमा एक घरमा २ देखी ६ जना सम्म बिरामि रहेका छन ।समेत शाहीले बताए । शाहीले मौखिक खबर जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराए लगतै औषधी सहित चार जना स्वास्थ्य कर्मिको टोली राग फैलिएको क्षेत्र तर्फ पठाई सकिएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर सरोज अधिकारीले जानकारी दिए । 

रुघा, खोकी, ज्वरोको प्रकोप फैलिएको भने पनि त्यो भाईरल भए नभएको पुष्टि हुन बाँकि रहेको उनले बताए । अहिले हिमपात र वर्षा नभएको तथा चिसो र सुख्खा धुलो धुवाँका कारण रुघा खोकि, निमोनियाँ देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.सरोज अधिकारीले बताए । सोरु भेगमा रहेका अधिकाङ्कस स्वास्थ्य सस्थाहरुमा औषधि समेत नभएको स्थानिय जनताहरुले बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!