एआईजी शर्मा पहिलो पटक कपिलवस्तु आउँदै

Posted on: 04 Jan, 2017


माधव वेल्वासे/पुस २०, कपिलवस्तु । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा विहीबार पहिलो पटक कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।

अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियाका लागि एआईजी विज्ञानराज शर्मा पहिलो पटक कपिलवस्तुमा आउनुहुने भएको हो  । 

बुटवल र कोहलपुरको घटनाबारे अनुसन्धान गर्न आउनुभएका एआईजी शर्मा विहीबार पश्चिमबाट फर्किने क्रममा साँझ ३ बजे चन्द्रौटाको कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । एआईजीसँगै चन्द्रौटामा सुरक्षा निकायका क्षेत्रीय, अञ्चलदेखि जिल्ला तहसम्मका प्रमुखहरुको सहभागिता रहने जनाइएको छ

कार्यक्रमको पूर्वसन्ध्यामा वडा प्रहरी कार्यालय परिसरमा सरसफाई, रङरोगन, साजसज्जा लगायतका काममा जुटिएको छ । नागरिकले प्रत्यक्ष एआईजीसँग अन्तरक्रिया गर्न सकिने व्यवस्था मिलाइएको उहाँले वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरि निरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो । 

जिल्लामा गरिने कार्यक्रम भएपनि पूर्वपश्चिमको मुख्य केन्द्रविन्दु चन्द्रौटा पर्ने र शान्ति सुरक्षाका दृष्टिकोणले पनि चन्द्रौटा सम्बेदनशील क्षेत्र मानिने हुँदा पनि चन्द्रौटामा कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!