कपिलवस्तुका प्रजिअ भन्छन 'कुनै पनि कार्यलयमा बाहानाबाजि चल्दैन'

Posted on: 03 Jan, 2017

माधव वेल्वासे । पुस १९, कपिलवस्तु | कपिलवस्तु प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कुनै पनि कार्यलयका कर्मचारिहरुले काममा बाहानाबाजि गर्न नपाउने वताए । जिल्लाको चन्द्रौटामा भएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो वताएका हुन ।

चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना भएको सो कार्यक्रममा विगतामा कपिलवस्तुको चन्द्रौटामा शान्ति सुरक्षा खलवलिएको अवका दिनमा शान्ति शुरक्षामा आफु कटिवद्धता भएर लाग्ने ढकालले वताए ।कार्यक्रममा यस क्षेत्रका समस्याहरुको वारेमा स्थानिय राजनितिकदल,समाजसेविहरुले प्रजिअलाई जानकारि गराएका थिए ।

यस क्षेत्रको सुरक्षामा संवेदनशिल हुन इलाका प्रशासन,वडा प्रहरि,शसस्त्र प्रहरिलाई प्रजिअ ढकालले निर्देशन समेत दिए ।सुरक्षा निकायको लापरवाहिले यस क्षेत्रका स्थानियले दु ख भोग्न नपर्ने वताए ।सुरक्षा र विकाशमा राजनितिक दल, स्थानियको मुख्य भुमिका हुने भएकाले सवै एकजुट भएर शान्ति शुरक्षामा लाग्नुपर्ने समेत ढकालले वताए ।

चन्द्रौटा प्रस∙मा वोल्दै प्रमुख जिल्ला अधिकारि ढकालले यस क्षेत्रमा पार्किङको जटिल समस्यालाई वडा प्रहरि,इलाका प्रशासन राजनितिकदल र यातायात संग छलफल गरि यसलाई समाधान गर्नुपर्ने  र यसमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।त्यस्तै फोहोर व्यावस्थापन सवन्धि शिवराज नगरपालिको नेतृत्वमा सवै स्थानिय ले सहयोग गर्नु पर्ने वताए । जिल्लामा शान्ति सुरक्षाको दृष्टिले हेर्दा दोषिले कानुन अनुसार कारवाहि पाउने र कुनै राजनितिको दवावमा आफुले काम नगर्ने समेत वताए ।

कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अलिले कपिलवस्तु वासिलाई सुरक्षाको अनुभुति गराई सफल कार्यकालको शुभकामना दिए ।विभिन्न राजनितिक दलका प्रतिनिधि,समाजसेवि, व्यापारि,संचारकर्मीहरु लागएतको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!