कपिलवस्तुमा मतदाता नामावली सङ्कलन सुरु

Posted on: 02 Jan, 2017

पुस १८, कपिलवस्तु । कपिलवस्तु जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि १३९ वटा स्थानमा ११ टोली परिचालन गरेको छ । 

नामावलीमा नाम दर्ता गराउन छुटेकालाई समावेश गर्नका लागि आइतबारदेखि टोली परिचालन गरेको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आगामी माघ १७ गतेसम्म चल्ने अभियानमा ५/५ जनाको टोली परिचालन गरिएको छ । जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकाका ८६ वडामा अभियान सञ्चालन गर्ने लक्ष्य छ । अहिले कपिलवस्तुमा दुई लाख ७१ हजार ३९४ मतदाता रहेका छन् । 

दाबी विरोध समेतको माध्यमबाट विवाह, बसाइँसराइ, मृत्युसम्बन्धी त्रुटि पूर्ण विवरणउपर दाबी विरोधको माध्यमबाट तोकिएको अवधिभित्र आआफ्नो विवरण सच्याइ अन्तिम मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग पुग्ने अभियानको उद्देश्य रहेको छ । 

मतदाताको भीड बढी भएका स्थानमा थप जनशक्ति र कार्यदिन थप गर्न सकिने कार्यालयकी कम्प्युटर अपरेटर अनिता क्षेत्रीले बताउनुभयो । जिल्लामा २०७३ असोज मसान्तसम्ममा दुई लाख ७३ हजार ४०८ जना निर्वाचन कार्यालयमा दर्ता भएकाको सङ्ख्या रहेको छ । 

जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकामा नामावली सङ्कलनका लागि १३९ स्थानमा कम्तीमा दुई दिनका दरले दर्ता कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!