मुगुमा सिस्नु टिप्न गएका व्यक्ति मृत अबस्थामा फेला

Posted on: 31 Dec, 2016

नन्द बहादुर रोकाया/पुस १६, मुगु । मुगुके पुर्वी करान भेगको माँग्री गाविसमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

माँग्री गाविस वडा नम्बर १ चिमाथ गाउको जगंलमा उनि मृत भेटिएका हुन् । सोही गाउँका विर्खबहादुर बुढाको गाउँ नजिकैको जंगलमा सिस्नो टिप्न गएको बेला मृत्यु भएको हुन सक्ने स्थानिय बासिन्दाले बताएका छन् । 

शुक्रवार दिउसो १२ बजे तिर गाउँ नजिकैको जंगलमा सिस्नु टिप्न गएको र बेलुकी पख बनमा बाख्रा चराउन गएका स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरी चौकी पुलुमा खबर गरेको बताईएको छ । प्रहरी चौंकि पुलुबाट खटिएको प्रहरीले शनिवार शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । 

मृतक बुढाको टाउकोमा गम्भीर चोट लागेको र माथीबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी पुलु प्रहरी चौकिले दिएको मृतकका छिमेकी पुरिलाल रोकायाले जानकारी दिनुभयो । 

पुलु प्रहरी चौकिबाट खटिएको प्रहरीले घटना स्थलबाट शब उठाएर जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको तर थप जानकारी आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!