छायाँनाथ ऋणी मोक्ष मन्दिरलाई निशुल्क जग्गा

Posted on: 30 Dec, 2016

नन्द बहादुर रोकाया/पुस १५, मुगु । मुगु जिल्लाको प्रसिद्ध मन्दीर छायाँनाथ ऋणी मोक्ष मन्दिरलाई एक दाताले निशुल्क जग्गा प्रधान गरेका छन । 

श्रीनगर गाबिस वडा नं ५ चैन गाउँ का समाज सेवि भिमचन्द हमालले निशुल्करुपमा  मन्दिर लाई जग्गा उपलब्ध गराएका हुन । उहाँले ५२ ५० नम्बर किर्ता भएको रु एक लाख सन्ताउन हजार पाँच सय बराबरको जग्गा निशुल्क रुपमा छायाँ नाथ तथा ऋणी मोक्ष मन्दिर लाई उपलब्ध गराएको  छायाँ नाथ ऋणी मोक्ष मन्दिरक्षेत्र व्याबस्थापन समितीले जनाएको छ । 

जग्गा धनीले विहिवार मन्दिरको नाममा मालपोत कार्यालय बाट जग्गा दर्तागरी दिएका हुन । छायाँ नाथ तथा ऋणी मोक्ष मन्दिरको आफ्नो जमिन कम भएर दर्शन गर्न आउने दर्शालु भक्तजन लाई बिभिन्न किसीमका समस्या हुने भएकाले मन्दिर संगै जोडिएको जग्गा निशुल्क रुपमा  दिएको भिमचन्द्र हमालले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!