बैतडीमा काग्रेस नेतृको कुटाईबाट एक महिला घाइते

Posted on: 30 Dec, 2016

  पुस १५, बैतडी । अधिकारकर्मि एवम् नेपाली काग्रेसकी नेतृको कुटाईबाट जिल्लाको गुरुखोला गाविस–८ की एक महिला घाईते भएकी छिन् ।

काग्रेस निकट महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी कान्ता चन्दको कुटाईबाट जिल्लाको गुरुखोला गाविस मुस्याचोर गाँउकी २९ वर्षिय माधवी भट्ट घाइते भएकी हुन् ।

गएको बुधबार सामान्य विवाद हुदा चन्दले आफुलाई कुटपिट गरी घाईते बनाएको पीडित महिलाले बताए । चन्द अन्र्तरपाटी महिला संञ्जाल बैतडीकी सचिव समेत हुन् ।

टाउकोमा गम्भीर चोट लागेकि माधवीले उपचार गर्न छोडेर न्यायको माग गर्दै पुष १५ गते जिल्ला प्रहरी कार्यालय बैतडी पुगी निवेदन दिएकि छन् ।

“अधिकारकर्मिबाट न्याय पाउनुको सट्टा बेसरी कुटिए” पीडित भट्टले भने ।

आरोपीत कान्ता चन्दले भने निर्मलाले गालि गर्दा झगडा भएको र आवेसमा आई कुच्चो प्रहार गर्दा चोट लागेको बताए ।

“झाडो लगाईरहेको वेलामा मेरो कपाल समातेर झगडा गर्न आई अनि मैले आवेसमा आई कुच्चो हाने” चन्दले भने ।

पीडितको टाउकोमा गम्भीर चोट लाग्दा पाँच टाँका लागेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!