सरकारी सेवा नपाएको स्थानीयको गुनासो

Posted on: 30 Dec, 2016

नन्द बहादुर रोकाया, पुस १५, मुगु । मुगु जिल्लाका गा्रमिण दुरदरााजका स्थानीय आफुहरुले सरकारी सेवा नपाएको गुनासो गरेका छन । मुगु जिल्लाका गा्रमिण दुरदराजका स्थानीय सरकारले उपलब्ध गराउने बिभिन्न किसीमका सरकारी सेवा नपाएको भन्दै दुखेसो गरेका हुन । रेडियो मुगुले सदुमुकाम गमगढी आईपुगेका गा्रमिण भेगका स्थानीय लाई सरकारी कार्यलयको सेवा सुबिधा तपाईको गाउँ घरमा पुगेको छ छैन, पाउनु पर्र्नेे सुबिधा पाउनु भएको छ भनेर सोध्दा अधिकांश स्थानीयले नपाएको बताएका छन ।

उहाँ हरुले ईलाका बन, स्वास्थय चौकी, पशु,कृषि लगाएत विकास कार्यालयबाट पाउनु पर्ने सेवा सुविधा के हुन र आफुले पाउनु पर्ने सेवा सुबिधा केहो आफु लाई थाहा नै नभएको दोल्फु गा बि स वडा नं ६ का स्थानीय तोर्चे लामाले बताउनु भयो । उहाँका अनुसार पाएपनी जो बाठा टाठा छन उनैले पाएकाहोलान हामि जस्ता लाटा लाई केहि थाहा छैन लामाको भन्नु भयो । यता सोरु भेगका स्थानीय पदम बहादुर शाहीे सरकारी सेवा परको कुरा हो  सरकारी सेवा उपलब्ध गराउने कर्मचारी कार्यलयमा आउदै आउदैनन कहिलेकाँही कार्यलयमा आएपनी कर्मचारी बस्दैनन् ,सेवा लिन गयो रित्तो हात लिएर फर्कनु पर्छ उहाँले भन्नु भयो ।

मुगु गा बि स वडा नं ९का स्थानीय पासग लामाका का अनुसार जिल्लाबाट विनियोजित विकासे कामको रकम गाउमा पुग्दैन , सदुमुकाममै पैसा हिनामिना हुने गर्छ । कागजमा काम हुन्छ व्याहारमा विकास छैन के गर्ने समस्या यस्तै छ । गाउमा सचिब नहुदा जन्मदर्ता विबाह दर्ता गर्न पाएका छैनौ जन्मदर्ता नागरिकताका लागि कम्तीमा १५ हजार खर्च गरेर १÷२ दिन पैदल हिडेर सरुमुकाममा आउनु पर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रमा औषधी नहुदा कर्मचारी नहुदा स्थानीयले ज्यानै गुमाउने बाध्यता रहेको लामाले गुनासो गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!