पाँच महिनापछि यसरी भेटिए यी बालक

Posted on: 26 Dec, 2016

सास । पौष ११, बर्दिया ।
गत भदौ २० गते स्कूलबाट आएर खेल्न भएका बालक फर्केर नआउँदा परिवारमा निकै शोक छाएको अवस्थामा ती बालक भारतको बहराइच जिल्लाको एक रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका छन् । उनलाई भारतीय बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले संस्थाले केआई नेपाल बाँकेको संयोजनमा उद्दार गरेको हो ।


बर्दियाको गुलरिया नगरपालिका बडा नं १२ टेपरीका ९ बर्षिय अजय वि.क.लाईे उद्दार गरि आजै महिला तथा बालबालिका कार्यालय बर्दियाले आज बालकका आमा दिलमा वि.क.लाई जिम्मा लगाईएको जानकारी महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा बस्नेतले बताउनु भयो ।
अजय हराएलगत्तै फेला नगरेपछि परिवारले प्रहरी लगायत विभिन्न संस्थाहरुमा खोजिदिनका लगि आग्रह गर्दै निवेदन दिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!