गाँउ–गाँउमा परिवार नियोजन

Posted on: 26 Dec, 2016

नरी बडु, पुष ११, बैतडी । बैतडी जिल्लाको दुई ठाँउबाट मात्रै दिईने परिवार नियोजन सेवा सिविर मार्फत गाँउ–गाँउमा दिन थालिएको छ ।

स्थानीय महिलाहरुलाई लक्षित गरि परिवार नियोजन अन्र्तगतको मिनिल्याप सेवा जिल्लाको दुर्गमका गाँउमा दिन थालिएको हो । 

आईतबार जिल्लाको दुर्गम पुचौँडी क्षेत्रमा पर्ने कुवाकोट गाविसमा परिवार नियोजनको स्थानी बन्ध्याकरण मिनिल्याप सेवा दिईएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाईजर दिल्लीरमन जोशीले बताए ।

जाशीका अनुसार उक्त परिवार नियोजन सिविरबाट कुवाकोट, भुमिराज र भटनना गविसका ३४ जना महिलाहरुले स्थायी बन्ध्याकरण (मिनिल्याप) सेवा लिएका छन् ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले सिबिरमार्फत उक्त सेवा गाँउमै दिएका हुन् । कुवाकोट गाविसमा स्थानीय शिक्षीका, तीन ओटा छोरीमात्रै भएका महिला लगायतले सेवा लिएका छन् । 

पुष १२ गते जिल्लाको च्वागड क्षेत्रमा पर्ने गाँजरी गाविसमा स्थाइ बन्ध्याकरण सिबिर (मिनिल्याप) को सिविर आयोजना गरिएको सुपरभाईजर जोशीको भनाई छ । 

गाँजरी गाविसमा संञ्चालन हुने सिबिरमार्फत २५ देखि ३० जना महिलाले सेवा लिने विश्वास गरिएको गाँजरी स्वास्थ्य चौकिका प्रमुख जनकसिह धामीले बताए ।

सन्तानको रहर पुगेका महिलामहरुले परिवार नियोजन सिबिरबाट सेवा लिन सक्ने उहाँको भनाई छ । 

स्थानीयको माग अनुसार जिल्लाको अन्य क्षेत्रमा पनि परिवार नियोजनको सिविर आयोजना गरिने परिवार नियोजन सुपरभाइजर जाशीले बताए । 

परिवार नियोजन (मिनिल्याप) सिविरमार्फत निसुल्क गरिने र मिनिल्याप गर्ने महिलालाई स्थानीय यातायात वाफत रु दुई सय पचास समेत दिने गरिएको उहाँको भनाई छ । 

सन्तानको रहर पुगेका महिला अथवा पुरुषले व्यवस्थित एवम् सुखि परिवारको लागि परिवार नियोजन गर्न अति अति आवश्यक रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीको भनाई छ । 

सिबिर बाहेक जिल्ला अस्पताल बैतडीमा पुरुष र महिला दुबैको र जिल्लाको पाटन नगरपालिका स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा पुरुषको मात्रै परिवार नियोजन सेवा उपलब्ध छ । 

क्याप्सन : जिल्लाको कुवाकोट गाविसमा परिवार नियोजन गर्न आएका स्थानीय महिलाहरु

तस्बिर :नरी बडु




यस बिषयमा तपाइको प्रतिक्रिया...!