अपहरणकारी प्रहरीको फन्दामा

Posted on: 24 Dec, 2016

सास । पौष ९, बर्दिया ।
जिल्ला कानुनी सहायता केन्द्र सामाजिक कानुनी सहायता केन्द्रको सहयोग र बर्दियाली साहित्य समाजको प्रस्तुतीमा आज अपरान्ह सदरमुकाम गुलरियाको शनिवारिय हाट बजार लाग्ने स्थान नजिकै कानुनी सचेतनामूलक सडक नाटक “आँखा खुलेपछि” प्रस्तुत गरिने भएको छ ।


स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरिने सडक नाटकमा नेपाली समाजमा भएगरेका सामाजिक विकृति विसङ्गतिहरुका साथै जिल्ला कानुनी सहायता केन्द्र, सामाजिक कानुनी सहायता केन्द्रबाट असहाय, अपाङ्ग, गरिव जनताहरुलाई निःशुल्क कानुनी सहायता दिइने सम्बन्धी सचेतनामूलक विषयवस्तुलाई कलाकारहरुले अभिनयका माध्यमबाट प्रस्तुत गर्ने केन्द्रकी लक्ष्मी नेपालले बताउनुभयो ।
नाटकका माध्यमबाट समाजमा आपराधिक मानसिकता भएकाहरुलाई कानुनले नछाड्ने र कानुनी समाजको स्थापनामा निरन्तर लागिरहने सन्देश दिन खोजिएको भन्दै केन्द्रले आम जनसमुदायलाई यो नाटक अवलोकनका लागि आमन्त्रण गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!