यस्तोे छ अवस्था : जिम्मेवार को ?

Posted on: 20 Dec, 2016

सास । पौष ५, बर्दिया ।
इन्सेकले सार्वजनिक गर्ने प्रत्येक वर्षको वर्ष पुस्तक अन्तर्गत बर्दियामा घटेका मानव मानव अधिकारका घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा यस वर्ष (२०१६मा) जिल्लामा ६९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको जनाइएको छ ।

महिलासँग सम्बन्धित ४, बालिकासँग सम्बन्धित २ र भ्रुणहत्या १ गरि ७ वटा हत्याका घटना तथा महिला ११ र बालिका २२ गरी ३३ वटा बलात्कारका घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरिएको छ । यसैगरी ३ बालिका, २ महिला गरी पाँच वटा बलात्कारका प्रयास, ३ वटा यौन दुब्र्यबहारका घटना र ३ मानवबेचविखनका घटना घटेको इन्सेक बर्दियाका प्रतिनिधि मानवहादुर चौधरीले कार्यक्रमका क्रममा बताउनुभयो । यसका साथै २ वटा बोक्सी, ५ घरेलु हिंसा, ३ जातीय छुवाछुतका घटना, २ वटा यातना, १ सम्पत्ति क्षति  १ कुटपिटका घटनाहरु घटेको चौधरीले जानकारी दिनुभयो ।
बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओलीको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरी, जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारी लगायत विभिन्न सरोकार निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

फाइल तस्वीर ...

यस बिषयमा तपाइको प्रतिक्रिया...!