ख्रिष्टियनले बुझाए ज्ञापन पत्र

Posted on: 18 Dec, 2016

सास । पौष ३, बर्दिया ।
    सरकारले  २०६४ पौष १२ गतेदेखि ख्रीष्टमसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी २०६५ पौष १० गतेदेखि २०७२ पौष १० गतेसम्म दिँदै आएको सार्वजनिक विदा २०७३ सालको क्यालेन्डरमा इसाई समुदायका कर्मचारीले मात्र पाउने भनी गरिएको निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज जिल्ला प्रशासन बर्दियामार्फत गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापन पत्र बुझाएको छ ।


आज बुझइएको एक सूत्रीय मागमा गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालका विदा सम्बन्धी ख्रीष्टमसलाई सार्वजनिक विदा कटौती गरी इसाई सरकारी कर्मचारीलाई मात्रै सिमित गरेकोले उक्त निर्णय यथाशीघ्र सरकारले सम्बोधन नगरेमा शान्तिपूर्ण र्याली, धर्ना र अनशन लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । जस अन्तर्गत आज ज्ञापन पत्र बुझाइएको र यसको यथोचित सम्बोधन नभएमा विरोधका कार्यक्रमहरु अगाडि बढाइने महासंघका अध्यक्ष एवम् पास्टर कालुराम विश्वकर्माले बताउनुभयो ।


ज्ञापनपत्र बुझाउनुपूर्व इसाई समुदायहरुले धार्मिक सहिष्णुता कायम राखौँ, ख्रीष्टमसमा सार्वजनिक विदा कामय गर भन्दै नारा लगाउँदै गुलरिया बजार परिक्रमा गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!