उपभोक्ता समितिमा महिला बर्चस्व

Posted on: 18 Dec, 2016

नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभागिता छ ।  पुष ३ गते अर्थात आईतबार दशरथचन्द नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०७३/७४ मा नगरपालिका मार्फत संञ्चालन हुने निर्माण कार्यका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रममा पनि महिलाको उपस्थिति अधिक थियो ।

नगरपालिकाको वडा नं. १ देखि ६ सम्मका उपभोक्ता समितिको अभिमुखिकरण तालिममा सहभागि ३३ जना मध्ये २३ जना महिलाहरु थिए । तालिममा सहभागि महिलाहरु देखेर आफुलाई नगर क्षेत्रका विकास निर्माणका काममा महिलाहरुको अर्थपुर्ण सहभागिता महसुस भएको नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको भनाई छ ।

नगरको अनुदान मार्फत संञ्चालन हुने योजनालाई उपभोक्ताले पुर्ण लाभ दिने किसमका बनाउन शर्माले समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, लागत अनुमान, बजेट निकासा लगायतका विषयमा समितिका पदाधिकारीहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका योजना साखा प्रमुख (इन्जिनियर) जयसिह बोहराले बताए ।

क्याप्सन : दशरथचन्द नगरपालिकाले आयोजना गरेको उपभोक्ता अभिमुखिकरण कार्यक्रममा सहभागि समितिका पदाधिकारीहरुमा महिला धेरै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!