सलाम छ तिमीलाई : वाह ! यी युवाको मन

Posted on: 17 Dec, 2016

सास । पौष २, बर्दिया ।

कतिपय युवाहरुले वैदेशिक रोजगारको शिलशिलामा गएपछि आफ्नो गाउँठाउँप्रतिको जिम्मेवारी र आफ्नो धरातल विर्सेका हुन्छन् तर यहाँ एक युवाले आफ्नो गाउँठाउँको लागि अत्यन्तै अनुकरणीय काम गरेका छन् ।

 

वैदेशिक रोजगारीको शिलशिलामा रहेका सानोश्रीताराताल नगरपालिका कुसुम्बाबजारका युवा युवराज अधिकारीले आफ्नै गाउँठाउँमा रहेको विद्यालय श्री ने.रा.प्रा.वि. बाँसपानीमा निर्माण गर्न लागिएको बालविकासको भवनको सहयोगका लगि रु ३ लाख पचास हजार सहयोग गर्ने घोषणा गरेपछि यसको शिलन्यास समेत भएको छ । उहाँको यस कार्यबाट स्थानीय सबै अत्यन्तै खुशी भएको आफन्त प्रेमबहादुर थापाले बताउनुभयो । 


नेपाल तरुणदल जापानका सभापति तथा जनसम्पर्क समितिका केन्द्रिय सदस्य अधिकारी विगत १० वर्षदेखि जापानमा बस्दै आएका छन् । आफैले यसरी आफ्नो गाउँठाउँमा आएर सहयोग गर्न पाएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यसैगरी आफूले सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

विद्यालयका प्रधानाध्यापक शिशिर वस्नेतले यसरी सहयोगी मन भएका युवराजको यो उदाहरणीय कदमबाट आफ्नो गाउँठाउँको लागि पनि केही गर्नुपर्ने प्रेरणा सबैमा मिलोस भन्नुहुँदै वहाँले हाल दिनुभएको २० हजारबाट शिलन्यासको काम सहित प्रारम्भिक कार्य शुरु गरिएको र बाँकी काम वहाँले जापान गएर रकम पठाएपछि निरन्तर रुपमा अगाडि बढाइने कुरा साझा सबाल बर्दियालाई जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!