महिला सुरक्षा आवस गृह संचालनको माग

Posted on: 22 Nov, 2016

नरी बडु, मंसिर बैतडी ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

डेढ वर्ष अगाडी निर्माण भएको उक्त आवस गृह अहिलेसम्मा संञ्चालन हुन नसकेको भन्दै अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीलाई पत्र मार्फत ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार महिला हिंसामा देशकै तेस्रो नम्बरमा पर्ने बैतडी जिल्लामा हिंसामा परेर विस्तावित भएका महिलाहरु समस्यामा परेकाले तत्काल आवस गृह संचालन हुनुपर्ने उनिहरुको माग छ ।

महिला मानव अधिकार रक्षक संञ्जाल, अन्र्तरपार्टी महिला संजाल लगायतका महिला अधिकार सम्बन्धि काम गर्ने संघ संस्थाहरुले आवस गृह संचालनको माग गरेका हुन् ।

सदरमुकाममा रहेको उक्त आवस गृह संचालन भएपछि महिलाहरुलाई न्यायको पहुँचमा पुग्न सजिलो हुने अन्र्तपार्टी महिला संञ्जालका अध्यक्ष पार्वती भट्टको भनाई छ ।

जिल्लाको सदरमुकाममा बनेको चार कोठे महिला सुरक्षा आवास गृह अहिले प्रयोग विहिन छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!