पुर्व जिविस सभापति सहित दश सम्मानित

Posted on: 22 Nov, 2016

नरी बडु, मंसिर ७ बैतडी ।
जिल्ला हलिया मुक्ति समाज बैतडीले हलियाको हक अधिकार सुनिश्चितताका लागि पहल चान्ने पुर्व जिल्ला विकास समितीका सभापति प्रमानन्द भट्ट सहित १० जनालाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरको छ ।

जिल्लाका हलियाहरुको न्यायिक पुनस्र्थापना विषयक छलफल कार्यक्रमको अवसरमा मुक्ति समाजले नेपाल पत्रकार महासंघ साखा बैतडीका अध्यक्ष नरेन्द्र भट्ट, महासंघका केन्द्रिय पार्सद बसन्त विष्ट, सौगात एफ.एम का समाचार प्रमुख लक्ष्मी विजले, जिल्ला मालपोत कार्यालयका नायब सुब्बा राजेन्द्र थापा, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष मिना चन्द, सचिव पार्वती भट्ट, महिला संघका केन्द्रिय सदस्य कान्ता चन्द, महिला शक्ति केन्द्रका अध्यक्ष देवु ठगुन्ना, महिला उत्थान केन्द्रका अध्यक्ष सरस्वती भट्ट लाई सम्मान गरिएको हो ।

उक्त व्यक्तिहरुले हलियाका समस्यालाई सुल्झाउन सहयोग गरेकाले सम्मान गरिएको हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेस कोलीले बताए । सम्मान ग्रहण गर्दै पुर्व जिविस सभापति परमानन्द भट्टले छुट मुक्त हलियाहरुको तथ्याङ्क संकलन र प्रमाणिकरणका लागि पहच चाल्ने प्रतिवद्धता जनाउनुभयो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!