चर्पी दिवसमै छोपिएपछि अनि हुन्छ त ?

Posted on: 19 Nov, 2016

सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बोडिका झालहरुले यसरी छोपिँदा पनि कार्यालयको ध्यान जान सकेको छैन ।


पर्खालमा लेखिएका सन्देशहरु यसरी तरकारीका झालहरुले यसरी पुरिँदै जाँदा पनि कार्यालयले देखे नदेखे झै गरेको छ । पूर्ण सरसफाईका लागि आम जनसमुदायमा सचेतना गराउने खालका महत्वपूर्ण सन्देशहरु नै यसरी छोपिएपछि र दिवाल फोहोर देखिएपछि कार्यालयको उद्देश्यमाथि नै प्रश्नचिन्ह उठेको छ । बर्दिया जिल्ला खुला दिसामुक्त घोषण भईसकेको र अब पूर्ण सरसफाईको जिल्ला घोषणा  गर्नका लागि सरसफाइका लागि जनचेतनामूलक काम गर्नुपर्नेमा डिवाससिसि ले अाफ्नै कार्यालयमा यस्तो दृश्य बनाएको हो ।

यसैबीच आजै चर्पी दिवसको सन्दर्भ पारेर गेटमा व्यानर टाँगेर भब्य रुपले मनाऔँ भनी चर्पी र रोजगार नारा लेखिएको व्यानर टाँसिएको छ । व्यानरमा चर्पीको प्रयोग सम्बन्धी ‘दिसा गर्न चर्पीमा जाउँ फोहोर छोएपछि साबुन पानीले हात धुने बानी बसालौँ’ भनी सन्देश लेखिएको छ । 

गेटमा टाँगिएको व्यानर ...........

यसरी व्यानर मात्रै टाँगेर दिवस मनाएको कुनै अर्थ नहुने बरु आफ्नै कार्यालय परिसरको सरसफाई गरी मनाएको भए पनि कति राम्रो हुने थियो हामीले पनि साथ दिने थियौँ भन्ने स्थानीयको भनाइ छ ।  त्यसो त खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले भने स्थानीय सञ्चारमाध्यमहरुमा सचेतनामूलक सामग्री भने प्रसारण गरी सबैलाई चर्पी मर्मत तथा सफाई गर्न सूचित गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!