पाटन नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Posted on: 12 Nov, 2016

नरी बडु, कात्र्तिक २७ बैतडी ।
जिल्लाको पाटन नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले गरेका कामहरुमा स्थानीयको गुनासो र सुझाव संकलन गरी सम्बन्धित निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरिएको सर्वाजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पाटन नगरपालिकाका नगरवासिहरुले नगरपालिकाले गरेका कामको बारेमा गुनासो तथा सुझावहरु राखेका थिए । कार्यक्रममा गुनासो भन्दा पनि सुझावहरु बढी आएका छन् ।

पछिल्लो समय कार्यसम्पादनमा तुलनात्मक रुपमा अगाडी देखिएको नगरपालिकाको समग्र विकासका लागि सबै नगरवासीहरुको महत्वपुर्ण भुमिका रहेको नगरका कार्यकारी अधिकृत दशरथराम वडले बताए ।

पाटन नगरपालिकाले आयोजना गरिएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघले गरेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!