बैतडीको एक दलित बस्ती खानेपानीबाट बञ्चीत

Posted on: 11 Nov, 2016

नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले आरोप लगाएका छन् ।
दलित बस्तेको माथिबाट खानेपानीको पाईप गएको भएपनि उनिहरु खानेपानीबाट बञ्चीत छन् ।

“घरको कनेसिबाट खानेपानीको पाईपलाईन गैरदलित समुदायमा गएको छ तर पनि हामीहरुले उक्त पानी उपभोग गर्न पाएका छैनौ” जिल्लाको दशरथचन्द नगरपालिका– ११ सत्पाली जडाशैनीका तजराम लावडले भने ।

करीब ६ बर्ष अगाडी देखि संञ्चालनमा रहेको उक्त खानेपानी मा आफुहरुलाई विभेद गरीएको स्थानीयको आरोप छ । “यस दलित समुदायमा पानीको हाहाकार छ उता गैरदलित समुदायले सिचाई गर्न समेत खानेपानीको उपयोग गरीरहेका छन्” सोही ठाँउका प्रकास लावडले भने ।

०७३ कात्र्तिक २६ गते उक्त क्षेत्रका दलित समुदायका केहि व्यक्तिहरु आफुहरुलाई खानेपानी उपभोगमा सहज गराई दिन भनी जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय लगायतका अन्य सरोकारवाला निकाय सम्म पुगेका छन् ।

आफुहरुले पटक–पटक माग राख्दा समेत सरोकारवाला निकायहरुले कुनै चासो नदिउको दलित समुदायको आरोप छ । “दलित भएकाले आफुहरुको पहुँच पनि त्यति छैन र सरोकारवाला निकायले पनि हामीहरुको समस्यालाई समाधान गर्न कुनै पहल गरेको छैन” स्थानीय धनीराम लावड ले भने ।

यस बारेमा दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अजुर्न शर्मालाई बुझ्दा उक्त समस्याको बारेमा आवज उठेको र छिटैनै प्राविधिक समिती गठन गरी दलित वस्तीको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले पहल गर्ने बताए ।

तर गैर दलित समुदायले भने आफुहरुले दलित भनेर उनिहरुलाई खानेपानीबाट बञ्चीत नगरेको र उनिहरु आफैले काम नगर्ने गरेको प्रत्यारोप लगाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!