बर्दियामा स्थानीय निकाय आठ वटा

Posted on: 08 Nov, 2016

कात्तिक २३, बर्दिया । स्थानीय निकाय पुनःसंरचना इलाका, गाउँपालिका र नगरपालिका गरी आठ स्थानीय तह हुने भएको छ । 

जिल्लामा पहिलो पटक पाँच स्थानीय निकाय प्रस्ताव गरिएकामा हाल सो सङ्ख्या बढेपछि सहमति भएको छ । स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक तेजराज शर्माका अनुसार स्थानीय निकायमा छ नगरपालिका र दुई गाउँपालिका हुने छ । 

स्थानीय तहका बाँसगढी, गुलरिया, बाह्रबर्दिया र राजापुरलाई नगरपालिका बनाउने सहमति भएको छ भने बढैयाताल, मधुवन र ठाकुरबाबालाई नगरपालिका बनाउने पहिलो प्राथमिकता दिइएको छ । अन्य गाविस खैरिचन्दनपुर, मनाउ, गोला, पाताभार र पशुपतिनगरलाई एक एक गाउँपालिका बनाउने सहमति भएको शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार राजनीतिक दलहरु सहमत नभएको विषय आयोगमा प्रस्ताव पठाउने तयारी भएको र त्यसलाई आयोगले नै टुङ्गो लगाउने जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!