अपराधिलाई कारवाही गरेकै झोकमा सरुवा गरिन्छ भने जुनसुकै ठाँउमा सेवा दिन तयार रहनुहोस : प्रजिअ चौधरी

Posted on: 08 Nov, 2016

नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले मंगलबार आयोजना गरेको विषेश अनुशिक्षण कार्यक्रममा सुरक्षा निकायलाई प्रशिक्षण दिदै चौधरीले यस्तो निर्देशन दिएका हुन् ।

पछिल्लो समय कानूनको बर्खिलाप (कानून मिच्नु) गर्न सके आफुलाई बहादुर ठान्ने प्रवृति हाबि हुदै गएकाले सुरक्षा निकायलाई चनाखो भई काम गर्न समेत उहाँले निर्देशन दिएका छन् ।

“समाजमा हुने सकारात्मक काममा सहयोग गर्नुका साथै समाजमा भएका अपराधिक मनोवृतिका र अपराधिक घटना घटाउने जो–कोहिलाई पनि नछोड्नुहोस यसमा प्रहरीमाथि आउने दबावको जिम्मेवारि म लिन्छु” उहाँले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!