अरिङ्गालको टोकाइबाट बजै–नातीको मृत्यू

Posted on: 05 Nov, 2016

नरी बडु, कात्र्तिक २० बैतडी ।
बैतडीको थलाकाँडा गाविसमा  अरिङ्गालको टोकाइबाट एक परिवारका दुइ (बजै–नाती) को मृत्यू  भएको छ ।

जिल्लाको थलाकाँडा गाविसमा  वडा नं. ८ जोगी चिउरा बस्ने धनबहादुर साउदका ४८ वर्षिय पुम्पादेवि साउद र उनका नाती ७ वर्षिय दिपक साउदको शनिबार दिउसो बजैको माइतबाट घर फर्किने क्रममा सोहि गाविस वडा नं. १ बजडा भन्ने ठाँउमा मृत्यू भएको हो ।

अरिङ्गालले टोकेपछि उनिहरुको घटनास्थलमानै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!