जिल्ला अस्पताल बैतडीको एक्स–रे सेवा सुचारु

Posted on: 04 Nov, 2016

नरी बडु, कात्र्तिक १९, बैतडी । विगत दुई महिनादेखि अबरुद्ध जिल्ला अस्पताल बैतडीको एक्स–रे सेवा सुचारु भएको छ । आजबाट विगत २५ वर्ष पुरानो इक्स–रे फेरेर नयाँ इक्स–रे मेसिनबाट सेवा सुचारु गरिएको छ । 

पुरानो एक्स–रे मेसिनमा खराबि आएपछि विगत दुई महिनादेखि जिल्ला अस्पतालमा एक्सरे सेवा प्रभावित बनेको थियो । एक्सरेका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरु चर्को मुल्य तिरेर भारतको पिथौरागढमा उपचार गराउन बाध्य भएका थिए । 

“पाँच दिन अघि बाँया खुट्टामा चोट लाग्यो आथिक अभावले बाहिर जान सकेन आज एक्स–रे सेवा सुचारु भयो भन्ने सुनेर एक्स–रे गर्न आएकि हुँ” जिल्लाको दशरथचन्द नगरपालिका–२ मडलाका ईश्वरी पन्तले भने । 

पहिले एक्स–रे सेवा प्रभावित हुदाँ दैनिक १० देखि १५ जनासम्मका विरामिहरु भारतको पिथौरागढ जाने गर्दथे तर कात्र्तिक १९ गते सेवा सुचारु भएकै दुई घण्टा भित्र १० जना भन्दा बढीले सेवा लिइसकेको जिल्ला अस्पताल बैतडीले जनायो । 

“पुरानो एक्स–रे मेसिन पटक–पटक बिग्रने समस्या भएकाले यसपालि नयाँ मेसिन ल्याएका हौ” जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनदेव जोशिले भने ।

अब हाड जोर्नि र एक्स–रे कै असुविधाका कारण विरामिहरुले भारत जानु नपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

नयाँ एक्स–रे मेसिनले सेवा सुचारु भएपछि जिल्लाका स्थानीय खुसि भएका छन् । 

क्याप्सन : जिल्ला अस्पताल बैतडीमा लामो समयसम्म प्रभावित एक्स–रे सेवा सुचारु भएपछि सेवा लिदै विरामी । 

तस्बिर : नरी बडु


यस बिषयमा तपाइको प्रतिक्रिया...!