पहिरो खस्दा कर्णाली राजमार्ग पुनःअवरुद्ध

Posted on: 08 Sep, 2024

भदौ २३, जुम्ला | गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!