सवारी दुर्घटनामा ३९ जना घाइते

Posted on: 25 Apr, 2016

बैशाख १३,  मकवानपुर । पुर्व पस्चिम राजमार्ग अन्तर्गत मकवानपुरको लच्का भन्ने स्थानमा भएको सवारी दुर्घटनामा ३९ जना घाइते भएका छन् ।

झापा वाट हेटौडा तर्फ आउदै गरेको ना३ ख ९८०८ नम्वरको वस ,सोहि दिशावाट आइरहेको वा ९ च ८०३७ नंम्वरकोे कार र विपरीत दिशावाट गइरहेको ना ५ ख ५७२८ नम्वरको मिनि वस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते ४ जनाको भरतपुर रीफर गरीएको र अन्य घाइते हरुको हेटौडाको चरेहित र हेटौडा अस्पताल मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य विवरण आउन वाँकि छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!