फेसबुकले भेटायो ३५ बर्ष पछी वेपत्ता व्यक्तीलाई

Posted on: 02 Nov, 2016

कात्तिक १७, बैतडी । बैतडीको हटैराज गा.बि.स.वडा नं.२ का नरेन्द्र चन्द हराएको ३०र३५ साल पछि सामाजिक सन्जाल फेसबुकबाट भेटिएका छन्।

आज भन्दा ३५ साल पहिला मुम्बई पठाउछु भनि एक जना पाकिस्तानिले भारतको पिथौरागढ बाट ठगी गरेर पाकिस्तान पठाएको थियो। बेपता भएको आज ३५बर्ष भैसक्यो हाल उनि पाकिस्तानको चमन सहरमा बस्छन भन्ने कुरा समाजिक सञ्जाल फेसबुकबाट ईश्वर अवस्थी, राजेन्द्र फुलारा, राजेन्द्र विष्ट र प्रकाश कलौनीले पत्ता लगाएर उहाको घरसम्म खबर गरिएको जानकारी दिनुभयो।

ऊहाका दाई शंकर चन्द र भतिजा ललित चन्दले समेत उहाँसग कुरा गरी सक्नु भएको छ। बिस्तृत जानकारी का लागी उहाका भतिजा ललित चन्दको मोवाईल नं.९८६५९३८३६९र पाकिस्तान स्थित नरेन्द्र चन्दको मोवाइल न।००९२३३४३७१७५३५ रहेको छ नाम(नरेन्द्र ब.चन्द,पिता(देव ब.चन्द,भाईहरु(गज ब. चन्द, रण ब.चन्द दुइटै नेपाल आर्मिमा हुन, माध्यमिक स्कुल लिस्किटा मा.वि.गाँउ( गुर्खेलि मालाखान हाल उनि पाकिस्तानको चमन सहरमा हुनुहुन्छ।

नरेन्द्र चन्द को बिहे पनि भएको पत्ता लागेको छ पाकिस्तान मै उहाको छोरा १२ सालको र छोरी ८ सालको छ भन्ने कुरा पाकिस्तान मै अध्यनरत राजेन्द्र फुलाराले बताउनु भयो। उहाँको आफन्तहरुले सरकार संग उद्दारकोे लागि आवाह्न गर्नु भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!