वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Posted on: 21 Aug, 2024

भदौ ५, जुम्ला | अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा  बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । 

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बिच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् ।

पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीले जानकारी दिए ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा कर्णालीका आम नागरिकले दुःख पाउँदै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!