पूर्व विद्यार्थी समाजको अध्यक्षमा महेन्द्र विष्ट

Posted on: 30 Oct, 2016

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिएको छ । 

जनसेवा पूर्व विद्यार्थी समाजद्वारा आज बैदीमा आयोजना गरिएको तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नै तदर्थ समितिको चयन गरिएको बताइएको छ ।


बबई सिचाई आयोजनाका पूर्व अध्यक्ष एवम् समाजका अग्रज व्यक्तित्व दयाराम खड़काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व शिक्षक कर्मचारीहरु, धधवार गाविसका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

जनसेवा माध्यमिक विद्यालयमा अध्ययन गरी नेपाल सरकारको सम्मानित पदमा नाम निकाल्न सफल विद्यार्थीहरुले जनसेवा स्कूल पढ़दाको अनुभव र त्यसपछि प्राप्त गरको सफलताको अनुभव प्रस्तुत गर्नुका साथै हालै लोक सेवाबाट शाखा अधिकृतमा नाम निकाल्नु भएका नारायण ढकाल, हेल्थ असिस्टेन्टमा नाम निकाल्न सफल विश्वास वली लगायतले आफ्नो सफलताको श्रेय जनसेवा विद्यालय नै रहेको बताउनुभएको थियो । 

कार्यक्रममा जनसेवा विद्यालयमा लामो समय देखी कार्यरत बुद्धिराम चौधरीलाई वहाँको अनवरत सेवाको उच्च कदर गर्दै सम्मान गरिएको थियो । 


नवनिर्वाचित अध्यक्ष मेहन्द्र विष्टले आफुलाई यसरी योग्य सम्झी महत्वपूर्ण जिम्मेवारी दिएकोमा सबैप्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनमा समाजको हित र साख अभिवृद्धिका लागि अहोरात्र खटिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै यसका लागि समतिका सबै सहयात्रीहरुको सहयोग र अग्रजहरुको मार्गदर्शनको आवश्यकता रहेको कुरा बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!