हेटौंडा नगरपालिका देशकै सफा सहरको प्रथम स्थनमा पन पर्न सफल

Posted on: 09 Apr, 2016

चैत २७, मकवानपुर । यस बर्षको देशकै सफा सहरको रुपमा मकवानपुरको हेटौंडा नगरपालिका प्रथम स्थनमा पन पर्न सफल भएको छ ।

नेपाल वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्ıले बुधबार ललितपुरको यूएन पार्कमा मकवानपुरको हेटौंडा नगरपालिका सफा सहर घोषीत गरेको हो । सहर घोषीत हुदै हेटौंडा नगरपालिकाले प्रथम पुरस्कारस्वरुप नगद ५ लाखसहित कदरपत्र पाएको छ ।

विभिन्न सूचक बनाइ उत्कृष्ट सफा सहर छनोट गरीएको केन्ıकी कार्यकारी निर्देशक डा.सुमित्रा अमात्यले बताइन् । मूल्याङ्कन कमिटीले फोहरमैला व्यवस्थापनमा ४० प्रतिशत, खानेपानी तथा ढल व्यवस्थापनमा ३५ प्रतिशत, प्रदुषण नियन्त्रणमा ५ प्रतिशत, हरियाली प्रवर्द्धनमा १० प्रतिशत र सौन्दर्य वृद्धिमा १० प्रतिशतको आधार मानेको थियो ।

त्यसैगरी उत्कृष्ट दोस्रो सहरमा सुनसरीको धरान नगरपालिका भएको छ भने भक्तपुर नगरपालिकाले तेस्रो स्थान हात पार्न सफल भएको छ। दोस्रो र तेस्रो स्थान हुन सफल धरान र भक्तपुरले क्रमशः३ लाख र २ लाख नगद सहित कदरपत्र र सम्मान पाएका छन् ।

गत वर्ष पोखरा उपमहानगरपालिका सफा सहरको रुपमा प्रथम स्थनमा पर्न सफल भएको थियो भने यस बर्ष पोखरा उपमहानगरपालिका दशौं स्थानमा झरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!