नवलपरासीमा २० वर्षीय युवकको हत्या

Posted on: 29 Jul, 2024

साउन १४,  रुपन्देही । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रयोग गरी २० वर्षीय युवकको हत्या भएको छ ।

पाल्हीनन्दन गाउँपालिका ५ हर्दी बस्ने रोशन भनिने सूर्यकुमार बढई घरमै सुतिरहेको अवस्थामा आइतबार राती घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

घाँटी काटिएको मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।


घटनाका बारेमा प्रारम्भिक अनुसन्धानपछि शवलाई पृथ्वीचन्द्र अस्पतालमा राखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!