बैतडीमा भिरबाट लडेर दुईजना महिलाको मृत्यु

Posted on: 28 Oct, 2016

कात्तिक १२, बैतडी | खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ । 

बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा खर काट्ने क्रममा लडेर दशरथचन्द नगरपालिका–६ सन्कट्टेका हरिनाथकी ३० वर्षीया श्रीमती देवुनाथको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । 

खर काट्न भिरमा जानुपर्ने बाध्यता रहेका यहाँका स्थानीयवासीको लडेर अकालमै ज्यान जाने घटना बेलाबेलामा भइरहन्छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!