लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ

Posted on: 30 Jun, 2024

असार १६, काठमाडौँ । बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ परेका छन् ।

अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!